तासको खालबाट प्राधिकरण नोलाइट फाँटका कर्मचारी रंगेहात समातिए


Share This

नेपालबहस संवाददाता    

उज्यालो नेपाल अभियानमा बाधक बन्दै नोलाइट फाँटका कर्मचारीहरु, जसलाई खम्बा सार्दा र मिटर जडान गर्दा घुस चाहिन्छ ! देशभरी नै यस्ता कामचोर प्रवृत्ति भएका कर्मचारीले कुलमानको कमाण्ड र कार्यलाई हल्लाइरहेको छ र गिज्याइरहेको छ भन्दा फरक नपर्ला ।

काठमाडौं । वर्षै वर्षदेखि अर्बैं रुपैयाँ घाटामा रहेकको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई धम्किदिने कर्मचारी पक्राउ परेका छन् । घिसिङको आगमनले नेपाल विद्युत प्राधिकरणले पुनर्जिवन प्राप्त गरेको छ भने सारा नेपालीले उज्यालोमा बस्न पाएका छन् । देश उज्यालो भएको छ । उनले संस्थालाई यही वर्ष नाफामा लगेका छन् । अघिल्ला तिहारहरुमा आधा देश अन्धकार भइरहँदा कुलमानले कमाण्ड सम्हालेसँगै दीपावली गर्ने पर्व तिहारमा मात्र नभएर हरेक दिन देश नै झलमल हुन थालेको छ।

तर, प्राधिकरणलाई उँभो लगाउन कुलमान लागिरहेका बेला उनै मातहतका केही कर्मचारीहरु कामचोर मात्रै निस्किएनन् प्रहरीको खोरमा रात समेत बिताउन बाध्य भए ।

नोलाइट जस्तो अतिसंवेदनशील शाखामा उपभोक्ताले गुनासो गर्न फोन गर्दा समेत नउठाइ तास खेलेर मग्न हुने ती कर्मचारीलाई प्रहरीले रंगेहात पक्राउ गरेर हिरासतमा थुनेपछि रिहा गरेको हो ।

नोलाइट  फाँट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र फोनसमेत नउठाउने गरेको उपभोक्ताको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले सक्रियता देखाएको थियो । परिसरको टोलीले नोलाइटमा गैरजिम्मेवारपूर्वक तास खेलेर बसेका ती कर्मचारीलाई गएराति रंगेहात पक्राउ गरेको हो ।

नोलाइटमा कार्यरत इञ्जिनीयरद्वय आशीष नेपाल, अनिल अधिकारी, सुपरभाइजर देशबन्धु दाहाल र हेल्पर रमेश श्रेष्ठलाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखेपछि आइतवर रिहा गरिएको छ ।

नोलाइट शाखाका प्रमुख प्रज्वलमान श्रेष्ठले ती कर्मचारी नहुँदा विद्युत् सेवा प्रवाहित हुने अनुरोध प्रहरीसमक्ष गरेपछि छाडिएको परिसरले जनाएको छ । प्रमुख श्रेष्ठले शनिबारको दिन आफू कार्यालय नगएकाले कर्मचारीले के गर्छन् भन्नेबारेमा जानकारी नभएको जबाफ परिसरलाई दिएका छन् ।

शाखामा विद्युत्को मिटर लिन र मिटर जडानदेखि खम्बा सार्नसमेत कर्मचारीले उपभोक्तासँग घुस माग्ने गरेको गुनासो आइरहेको प्रहरीले जनाएको छ ।

कुलमानले तिहारमा देशका कुनै पनि भागमा लोडसेडिङ हुनै नदिने घोषणा गरिसकेको अवस्थामा प्राधिकरण भक्तपुरको शाखाको नोलाइटमा कार्यरत कर्मचारी भने तास खेल्दै गर्दा समातिएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार