डिस होमले रानिबारी हत्याकाण्डसहितका “अपराध” कार्यक्रम ल्याउने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । समाजमा घटेका अपराधिक सत्य घटनामा आधारित रहेर (सिआईबी फाइललाई आधारमानी) नाट्य रूपान्तरित कार्यक्रम “अपराध” तयार पारिएको  छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरणसहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने डिस मिडियाले जनाएको छ ।

डिस मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरेको छ । डिस होम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको प्रा.लिले जानकारी दिएको छ । रमाईलो टेलिभिजनमा हाल प्रशारण भईरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिकइभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकमाझ अत्यन्त रुचाईएको डिस मिडियाले जानकारी दिएको छ ।

रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, यहि तिहारको अवसर पारेर भाईटीकाको दिनदेखी नयाँ–नयाँ कार्यक्रम तथा धारावाहिक टेलिश्रृंखलाहरु प्रशारणमा आउने डिस मिडियाले जनाएको छ ।

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःखका कथाहरु समेटिने छ । चर्चित निर्देशक ऋषि लामिछानेले निर्देशन गरेको यस टेलिश्रृखंलामा सरिता लामिछाने, मिथिलाशर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलिश्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८ः ३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हास्यँकलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि–मिच हसाउने छन् । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने छन् ।

डिस मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालनप्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बालबालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ । यी च्यानलहरु डिस होम डि.टि.एच र सिम टिभि डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।

त्यसैगरी निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने जानकारी गराएको छ । नेपाली मनोरञ्जन उद्योगका दिग्गज निर्देशक, लेखक तथा प्राविधिकहरुको संग्लनतामा तयार हुने यी कार्यक्रमहरुले विदेशी कार्यक्रमहरुको स्वाद लिइरहेका नेपाली दर्शकहरुलाई पनि आफ्नै मौलिक कार्यक्रमहरुले आकर्षण गर्ने छ ।

रमाईलो एचडि तथा एक्शन स्पोर्टस् एचडिका लागि ओरिजिनल ईन्टर्टेन्मेन्ट प्रा.लि.(ओइपिएल) ले कार्यक्रमहरु उत्पादन गर्दै आईरहेको छ । ओइपिएलले यसका अलावा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र विज्ञापन निर्माण तथा प्रसारण गर्ने कन्टेन्टहबको रुपमा पनि अगाडि बढी रहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार