बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा !


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोना एक खेल अघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको हो ।

दुबै टिमले पहिलो हाफसम्म गोल रहित बराबरी खेलेका थिए । बार्सिलोनाका लागि सिल्भा डी ओलिविरा गोल गरे भने इन्टर मिलानका लागि माउरो इकार्डीले गोल गर्दै बराबरी बनाएका थिए ।

पहिलो हाफ बराबरी खेलेको बार्सिलोनाका लागि खेलको ८३ औ मिनेटमा ओलिविराले गोल गर्दै अग्रता दिलाएका थिए । तर बार्सिलोनाले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो ।

इन्टर मिलानका लागि खेलको ८७औं मिनेटतमा इकार्डीले गोल गर्दै बराबरी दिलाएका थिए । समूह बी मा अपराजित रहेको बार्सिलोनाले ४ खेलबाट १० अंक बनाएको छ । इन्टर मिलानको ७ अंक रहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार