छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । रुकुम पश्चिम, बर्दीया, बाँके, सिन्धुपाल्चोक र सोलुखुम्बुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिम त्रिवेणि गाउँपालिका-६ स्थित सडकमा भे.१ त १००० नम्बरको जीपले ठक्कर दिदाँ गम्भीर घाइते भएका सल्यान बाघचौर नगरपालिका-१२ बस्ने २८ वर्षीया दुर्गा केसीलाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि सल्यानतर्फ लैजाने क्रममा मंगलबार बेलुका बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते सोही स्थान बस्ने ३८ वर्षीया कल्पना वलीको नेपालगंज अस्पताल उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दीया राजापुर नगरपालिका-२ नयागाउँस्थित सडकमा भे.१ त ६२५४ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ गम्भीर घाइते भएकी सोही स्थान बस्ने ९० वर्षीया देबीकुमारी थरुनीको नेपालगंज नर्सिंङ होममा उपचारको क्रममा मंगलबार दिउसो मृत्यु भएको छ । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके खजुरा गाउँपालिका-३ खजुरा बजारमा बा.१५ च ७१५० नम्बरको कारले भे-१ ह १३१० नम्बरको अटो रिक्सालाई ठक्कर दिदाँ गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ५५ वर्षीया अमृता ओलीको भेरी अंचल अस्पतालमा उपचारको क्रममा मंगलबार बेलुका मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी सोही ठाउँ बस्ने २९ वर्षीया अनिता भण्डारी र उनको ३ बर्षीया छोरी अर्पिता भण्डारी र अन्य २ जनाको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ । दुबै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ स्थित अरनिको राजमार्गमा मंगलबार ना.६ ख ३८२७ नम्बरको ट्रकले बा.३५ प १८१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकल चालक काभ्रे भुमलुटार गाउँपालिका-८ बस्ने २३ वर्षीय मिलन लामाको धुलिखेल अस्पताल उपाचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार सिन्धुपाल्चोक चौतारा सागाँचोक गढी बस्ने २५ वर्षीय दिनेश लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ पंचनमा बा.९ च ९६४७ नम्बरको भेन सडकबाट खसेर दुर्घटना हुदाँ सोही ठाउँ बस्ने १९ वर्षीया सरिना राईको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २६ वर्षीय केशु राई समेत ७ जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार