पहिलो एकदिवसीय क्रिकेटमा बोल्टको ह्याट्रिक !


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । न्युजिल्याण्डका तेज बलर ट्रेन्ट बोल्टले पाकिस्तानसँगको पहिलो एकदिवसीय क्रिकेटमा ह्याट्रिक विकेट लिएका छन । युएईको आबुधाबीमा आफ्नो दोश्रो ओभरमै बोल्टले पाकिस्तानका तीन जना ओपनर व्याट्सम्यानलाई आउट गरेका थिए ।

न्युजिल्याण्डले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका ओपनर व्याट्सम्यान फखर जमान, बाबर अजाम र मोहम्मद हाफिज बोल्टको बलमा आउट भएका हुन ।

आफ्नो दोश्रो ओभरको दोश्रो बलमा नै ओपनर व्याट्सम्यान फखहर जमानलाई १ रनमा बोल्ड गरेका उनले तेश्रो बलमा बाबर अजामलाई रोस टेलरको हातबाट क्याच आउट गराएका थिए ।

चौथो बलमा मोहम्मद हाफिजलाई एलबीडल्लु धरापमा पारेर आउट गरेका बोल्टले शुरुवाती दोश्रो ओभरमै पाकिस्तानको इनिंग धराशयी बनाएका थिए ।

पाँचौ र छैटो बलमा कुनै रन नदिएका बोल्टले ह्याट्रिक विकेट लिदा पाकिस्तानको जम्मा ८ रन थियो । २ सय ६७ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले भने महत्वपूर्ण विकेट गुमाएपछि निर्क खराब शुरुवात गर्न पुगेको थियो ।

यसअघि पहिले व्याटिंग गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार