पुर्वक्लब म्यान्युविरुद्ध रोनाल्डोको गोल, तर युभेन्ट्स पराजित


Share This

नेपालबहस संवाददाता    

टुरिन । क्रिष्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लब म्यान्चेष्टर युनाइटेडविरुद्ध गोल गरेका छन । आफ्ना पुर्व क्लबविरुद्ध गोल गर्न रोनाल्डो माहिर मानिन्छन । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड नै विजयी भएको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स युनाइटेडसँग २–१ गोलले पराजित भएको हो । युनाइटेडका लागि हुवान माटाले गोल गर्दा युभेन्टसका एलेक्स सान्ड्रोले आत्मघाती गोल गरेपछि युभेन्ट्स पराजित भएको हो ।

यसअघि म्यान्चेष्टर युनाइटेडको मैदानमा भने युभेन्ट्स विजयी भएको थियो । त्यसको बदला रोनाल्डोले लिएका छन । त्यस्तै, यसै समूहअन्तर्गत गएराति नै भएको अर्को खेलमा भ्यालेन्सियाले योङ ब्वाइजलाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

समूह ‘एच’मा रहेको युभेन्टस हारपछि पनि शीर्ष स्थानमा कायमै छ । युभेन्टसको ४ खेलबाट ९ अंक भएको छ । युनाइटेड ४ खेलबाट ७ अंक बनाउँदै दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार