पाकिस्तानसँगको पहिलो एकदिवसीयमा न्युजिल्याण्ड विजयी


Share This

नेपालबहस संवाददाता    

आबुधाबी । ट्रेन्ट बोल्टले ह्याट्रिक विकेट लिएपछि पाकिस्तानसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ४७ रनले विजयी भएको छ ।

न्युजिल्याण्डले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर २ बलमा सबै विकेट गुमाएर २ सय १९ रनमै अलआउट भएको थियो ।

जितसँगै न्युजिल्याण्डले पाँच खेलको एकदिवसीय श्रृंखलामा १ शुन्यको अग्रता लिएको छ । न्युजिल्याण्डलाई जिताउन ट्रेन्ट बोल्टले ह्याट्रिक विकेट लिए भने फर्गुसनले पनि ३ विकेट लिए । पाकिस्तानका लागि कप्तान सर्फराज अहमदले ६४ र इमाद वासिमले ५० रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन ।

यसअघि टस जितेर पहिले व्याटिंग गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि रोस टेलरले ८० र टोम लाथमले ६८ रनको योगदान दिए । पाकिस्तानका साहिन शाह अफ्रिदी र सादव खानले समान चार चार विटेक लिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State