फलामे छड प्रहार गरी हत्या


Share This

नेपालबहस संवाददाता    

हेटौंडा । हेटौंडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरमाथि झोलुङ्गे पुलमा हिड्दै गर्दा फलामे छड प्रहार गरी हत्या गरिएको छ।

गएराति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा हिड्दै गर्दा अज्ञात समूहले उनीमाथि रड प्रहार गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।रासस

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार