जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बुटवल प्रहरीले जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ । तिहारको मौका पारेर जुवा खेल्न बसेकाहरुबाट पाँच लाख दुई हजार रुपैयाँ पनि बरामद भएको छ ।

रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा पासा खेलिरहेका १० जनाबाट ४ लाख २६ हजार २ सय, रुपन्देहीकै देवदह ३ सूर्यपुराबाट ५ जनासहित ७२ हजार ७३० र देवदहकै भवानीपुरबाट ३ हजार ८२५ रुपैयाँसहित ६ जना पक्राउ परेका हुन ।

तिलोत्तमा ९ का ४८ वर्षीय केशब न्यौपानेको घरमा खेलिरहेको अबस्थामा प्रहरीले ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१ पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तैगरि, वर्षीय हरि पौडेल, १८ वर्षीय नितेष न्यौपाने, ५५ वर्षीय तुल्सीराम कडेल, ३८ वर्षीय मुकेश पाण्डे र ७६ वर्षीय शिबलाल कँडेललाई नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार