इग्ल्याण्डसँगको टेस्ट जित्न श्रीलंकालाई ४६२ रनको लक्ष्य


Share This

नेपालबहस संवाददाता    

गाले । इंग्ल्याण्डसँगको पहिलो टेस्ट क्रिकेट जित्न श्रीलंकाले ४ सय ६२ रनको विशाल लक्ष्य पाएको छ । बिहीबार तेश्रो दिनको अपरान्हतिर इंग्ल्याण्डले ६ विकेट गुमाएर ३ सय २२ रन बनाएको अवस्थामा दोश्रो पाली समाप्तीको घोषणा गरेपछि श्रीलंकाले साढे ४ सय रनको विशाल चुनौति पाएको हो ।

यसअघि इंग्ल्याण्डले पहिलो पालीमा ३ सय ४२ रन बनाउदा श्रीलंकालाई २ सय ३ रनमै अलआउट गरेको थियो । पहिलो पालीमै १३९ रनको अग्रता जोगाएको इंग्ल्याण्डका लागि ओपनर व्याट्सम्यान केटिन जेनिंग्सले नटआउट १ सय ४६ रनको शतकीय पारी खेले ।

यस्तै बेन स्टोक्सले ६२, जोश बटलरले ३५ र बेन फोक्सले ३७ रनको योगदान दिए । श्रीलंकाका कुशल परेरा र रंगना हेराथले दुई दुई विकेट लिए ।

बिहीबार नै आफ्नो दोश्रो तथा विशाल लक्ष्य पछ्याउन थालेको श्रीलंकाले ७ ओभरको समाप्तीमा विना विकेट १५ रन बनाएको छ । उसका लागि दिमुथ करुणारत्ने र कुशल सिल्भा क्रिजमा छन ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार