इंग्ल्याण्डका किटोन जेनिंग्सको शानदार शतक


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । एलिस्टर कुकको सन्यासपछि इंग्लिस टोलीको ओपनिंग जिम्मा पाएका किटोन जेनिंग्सले श्रीलंकाविरुद्ध शानदार शतक बनाएका छन । गालेमा बिहीबार तेश्रो दिनको खेलमा जेनिंग्सले दोश्रो पालीमा नटआउट १ सय ४६ रनको शानदार शतक बनाएका हुन ।

पहिलो पालीमा ४६ रन बनाएका जेनिंग्सले दोश्रो पालीमा शानदार शतक बनाएपछि इंग्ल्याण्डले श्रीलंकालाई जितका लागि ४ सय ६२ रनको विशाल लक्ष्य दिएको छ ।

गालेमा २ सय ८० बल खेलेका उनले ९ चौकाका साथ १ सय ४६ रन बनाएका हुन । अर्को इण्डमा नामी व्याट्सम्यान चल्न नसकिरहेका बेला एउटा इण्डबाट जेनिंग्सले शतक नै बनाएका थिए । यो उनको लगभग दोश्रो शतक मानिन्छ । गत बर्ष मात्रै टेस्ट क्रिकेटमा डेब्यु गरेका उनले भारतविरुद्ध पहिलो खेलमै शतक बनाएका थिए ।

भारतका स्पिनरविरुद्ध शानदार शतक बनाएपछि उनको चर्चा चुलिएको थियो । अहिले इंग्लिस टोलीमा एलिस्टर कुकको सन्यासपछि ओपनिंग समस्या खड्किएका बेला उनको शतकले टोलीलाई राहत दिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार