सांसद गणेश दुलालमाथि आक्रमण, गाडीमा ढुङ्गा प्रहार !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजिकको सडकमा बा १९ च ४९८ नम्बरको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल गाडीमा हिँडिरहेको अवस्थामा शेर्पाले ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

ढुङ्गा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ भने सँगै रहेको बा ३ च ९७१९ नंको गाडीको अगाडिको सिसासमेत फुटेको छ । प्रहरीले शेर्पासँगै बा ४४ प २७७१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार