क्यामेरामा कैद भएका छठ पर्वका रमाइला दृश्यहरु


Share This

नेपालबहस संवाददाता    

 

महोत्तरीको गौशालास्थित प्रसिद्ध निगौल ठाकुर पोखरीमा छठपर्व मनाउनको लागि घाट निर्माण गरिदै युवाहरु । आज साँझ जलाशयमा गई मनाईने छठपर्वको मुख्यपूजा मनाउनको लागि युवाहरु घाट निर्माण गर्नमा बिहानैदेखि व्यस्त देखिएका थिए । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस
जनकपुरको गंगा सागरमा श्रद्धालुहरुले छठका लागि तयार गरेको पूजा सामाग्रीहरु । तस्वीर अजयकुमार साह रासस, धनुषा
छठ पर्वका अवसरमा मंगलबार साँझ गुह्येश्वरी, बागमती नदी किनारामा देखिएको दृश्य । तस्बिर : शिव केसी, फाईभ स्टार कलर ल्याब, पुतलिसडक, काठमाडौं ।
छठको ब्रतका क्रममा ढोग गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली । तस्विर : गोपालप्रसाद पोखरेल, पथरी(मोरङ), रासस
वीरगञ्जको रानीघाटस्थित छठीघाटमा मंगलबार छठी माताको पूजा अराधना गर्दै व्रतालु । तस्बिर : विजयकुमार महतो, पर्सा, रासस
राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको गुह्येश्वरीमा मंगलबार मनाइँदै गरिएको छठ पर्वको अवलोकन गर्दै । तस्वीर : नवीन पौडेल, रासस
छठ पर्वको अवसरमा मंगलबार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ सिसैस्थित घमाहा खोलामा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालु महिला । तस्वीरः युवराज पाण्डे, बुटवल, रासस
छठ पर्वको अवसरमा मंगलबार काठमाडौँको विष्णुमती खोलामा छठीमाताको पूजा गर्दै व्रतालु । तस्वीरः चन्द्रकला क्षेत्री , रासस
छठ पर्वको अवसरमा मंगलबार विराटनगर–११ स्थित नहरको डिलमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्बिरः मनोज दाहाल, विराटनगर, रासस
छठ पर्वको अवसरमा मंगलबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा गर्दै व्रतालु । तस्बिर : प्रदीपराज वन्त, रासस
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका – ५ महेन्द्रनगरस्थित औरही खोलामा मंगलबार मनाइएको छठ पर्व । तस्बिरः अजयकुमार साह, धनुषा, रासस
तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार