फुलहमद्वारा जोकानोभिच बर्खास्त, रानिएरीलाई क्लबको जिम्मेवारी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । इंग्लिश प्रिमियर लिग क्लब फुलहमले क्लाउडियो रानिएरीलाई प्रशिक्षकमा नियुक्त गरेको छ । फुलहमले बुधबार प्रशिक्षक स्लाभिसा जोकानोभिचलाई बर्खास्त गर्दै प्रिमियर लिग विजेता लेष्टर सिटीका पुर्व प्रशिक्षक रानिएरीलाई क्लबको जिम्मेवारी दिएको हो ।

यस सिजन खराब प्रदर्शन जारी राखेपछि फुलहमले जोकानोभिचलाई बर्खास्त गरेको हो । यसै सिजन प्रिमियर लिगमा उक्लिएको फुलहम १२ खेलमा १ जितसहित ५ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

६७ बर्षिय इटालियन प्रशिक्षक रानिएरीले लेष्टर सिटीलाई सन् २०१५/१६ को सिजन प्रिमियर लिगको उपाधि दिलाएका थिए । तर, त्यसको अर्को सिजन रानिएरी बर्खास्तमा परेका थिए । रानिएरीको नेतृत्वमा फुलहमले नोभेम्बर २४ मा साउथह्याम्पटनविरुद्ध खेल्नेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार