बटलर र कुरानद्धारा सम्हालियो इंग्ल्याण्ड, श्रीलंकालाई मौका


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । श्रीलंकासँगको दोश्रो टेस्ट क्रिकेटमा जोश बटलर र साम कुरानले शतकीय साझेदारी गरेपछि इंग्ल्याण्ड सम्मानजनक स्कोर बनाउन सफल भएको छ ।

केन्डीमा बुधबारदेखि शुरु भएको टेस्टको पहिलो दिन नै ११ विकेट पतन भएको छ । जसमा इग्ल्याण्ड २ सय ८५ रनमै अलआउट भयो । उसका लागि बटलरले ६३ र साम कुरानले ६४ रनको योगदान दिए ।

सातौ नम्बरमा व्याटिंग गर्न क्रिजमा आएका कुरानले १ सय १९ बल खेलेर १ चौका र ६ छक्का प्रहार गरे । बलटरले भने सात चौका हाने ।

श्रीलंकाका कुशल परेराले ४ तथा मालिन्दा पुष्पकुमाराले ३ विकेट लिए । श्रीलंकाका बलरसामु कुरानले मात्रै खुलेर खेलेका थिए ।

यसअघि भारतविरुद्ध टेस्टमा डेब्यु गरेका अलराउण्डर कुरानले इंग्ल्याण्डलाई घरेलु मैदानमा ४ एकले सिरिज जिताउन महत्वपूर्ण योगदान दिएका थिए ।

बुधबार नै आफ्नो पहिलो पाली थालेको श्रीलंकाले २६ रन बनाउँदा १ विकेट गुमाएको छ । उसका कुशल सिल्भा ६ रनमा आउट भएका छन ।

पाँच खेलको टेस्ट क्रिकेट श्रृंखलामा इंग्ल्याण्ड १ शुन्यले अघि छ । त्यसअघि पाँच खेलको एकदिवसीय श्रृंखला भने इंग्ल्याण्डले जितेको थियो ।

दोश्रो टेस्टमा ३ सय भन्दा कम रनमै इंग्ल्याण्डलाई अलआउट गरेको श्रीलंकालाई सिरिजमा पुनरागमन गर्ने मौका छ । तर उसले बलिंगजस्तै गरी व्याटिंगमा पनि आफ्नो क्षमता देखाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार