विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो !


Share This

नेपालबहस संवाददाता    

विराटनगर । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा चासो व्यक्त गरेका छन । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरमा भइरहेका विकासका गतिविधिबारे जानकारी लिएका हुन ।

विराटनगर प्रदेश नं १ को अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले विराटनगरमा के हुँदैछ भनेर उनले बुझ्न खोजेको महानगरका प्रमुख पराजुलीले जानकारी दिए । प्रदेश प्रमुखले आफूलाई विराटनगरलाई नमूना शहर बनाउन सुझाव दिएका उनले बताए ।

सो अवसरमा प्रमुख पराजुलीले विराटनगर महानगरभित्र भ्यू टावर निर्माण, विराट राजाको दरबारको प्रवद्र्धन, ४०० किमी सडक कालोपत्र गर्ने काम, वैकल्पिक मार्गको विस्तारजस्ता विकास निर्माण कार्य अघि बढेको जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार