सानिमा जनरल इन्स्सोरेन्स र एनआईसी बैंकबीच बैंकास्योरेन्स सम्झौता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स र एनआईसी बैंक बीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धमा बैंकास्योरेन्स (Bancassurance ) सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामार्फत सानिमाले आफ्ना थप सेवाहरु बैंककोे विभिन्न शाखा सञ्जालमार्फत प्रदान गर्ने छ । बीमा ब्यवसायलाई विधिकरणसहित प्रवद्र्धन गरी बीमा बजारमा अग्रणी स्थानमा रही गुणस्तरिय सेवा जनस्तरसम्म प्रदान गर्न सानिमा जनरल इन्स्सोरेन्सको तर्फबाट नायव महाप्रवन्धक सुबोधलाल श्रेष्ठ र एनआईसी बैंकको तर्फवाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राथीले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अत्याधुनिक प्रविधि, दक्ष तथा अनुभवी कर्मचारीका साथ निर्जीवन बीमा ब्यवसायमा प्रवेश गरेको कम्पनीबाट ग्राहकले सर्वसुलभ रुपमा बीमा सेवा पाउने कुरामा विश्वस्त रहेको सानिमा जनरल ईन्स्योरेन्सले दावी गरेको छ ।

करिब एक बर्षअघि खुलेको कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्षभित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य कम्पनीले राखेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार