अनुहार हेरेर नै थाहा पाउनुस् मानिसको स्वभाव


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपालमा युवा ज्योतिषीको नामले चर्चा बटुल्न सफल ज्योतिषी अर्जुन कुमार थापाले मानिसको अनुहार हेरेर (फेस रिडिङ) नै धेरै कुरा थाहा पाउन सकिने बताएका छन् । पछिल्लो समय मानिसहरुको भबिष्यबाणी प्रतिको बिश्वास बढ्दै गएको छ । ज्योतिषीशास्त्रलाई बैज्ञानिक संगठन नासाले समेत प्रमाणित गरिसकेको छ । नेपालमा मात्र नभएर बिश्वमै भविष्यबाणी तथा बास्तुशास्तको महत्व बढ्दै गएको छ । जीवनमा असफल, बैवाहिक जीवन, बैदेशिक रोजगार, ब्यापार ब्यवसाय, शैक्षिक अवस्था जस्ता कारण देखाएर सर्वसाधारणहरु ज्योतिषीकोमा जाने गरेका छन् ।

ज्यो. अर्जुन क्षेत्रीको स्थायी घर भोजपुर हो । क्षेत्री करिब १२ बर्षको उमेरदेखि ज्योतिषी पेशामा सक्रिय छन्। उनले भारतको वाराणसीमा रहेको संस्कृत पाठशालाबाट ज्योतिष विद्यापिठमा स्नातक गरेका छन् । अनुहार हेरेर भविष्यबाणी, हस्तरेखा अध्ययन, खुट्टाको रेखाको अध्ययन, जन्मकुण्डली हेर्ने, चिना हेर्ने, अक्षर हेरेर भबिष्यबाणी, जोखाना हेर्ने रचामलबाट भविष्यबाणी आदी उनले गर्ने गर्दछन् । साथै क्षेत्रीका अनुसार सहि समयमा आफ्नो भाग्यको बारेमा अध्ययन गरे ४५ दिन भित्र भाग्य बदल्न सकिने उनको दाबी रहेको छ ।

उनका अनुसार मानिसको बारेमा अनुहारबाटै धेरै कुराहरु थाहा पाउन सकिन्छ । जहाँ मानिसको नाक, मुख, आँखा, गला, र आँखाका रौहरुले समेत व्यक्तिको भविष्य स्पष्ट पारेको हुन्छ । लामो नाक भएका ब्यक्तिहरु जिद्दी, रिसाहा र लोभी प्रवृत्तिका हुने गर्दछन् । यदि कुनै पनि ब्यक्तिका आँखाहरु ठुला ठुला छ भने त्यो खालको ब्यक्तिहरु लजालु, जिज्ञासु र प्रभावकारी बुद्धिमानी प्रवृद्धिको हुने गर्दछ ।

बिश्वका केही मुलुकमा आधुनिक प्रविधीको भविष्यबाणी अर्थात् फेस रिरिङ गर्ने गरिन्छ । त्यस्तै नेपालमा पनि फेस रिडिङको राम्रो सम्भावना रहेको छ । जसमा पछिल्लो समय सर्वसाधारणहरुको विश्वास बढ्दै गएको छ । जन्मकुण्डली जस्तै अनुहार हेरेर गरिएको भविष्यबाणी सत प्रतिशत साचो हुने गरेको छ ।

जोखाना हेराउने, हात हेराउने, जन्मकुण्डली हेराउने जस्ता भविष्यबाणी सम्बन्धी कार्यहरु हाम्रो समाजमा पहिलेदेखि नै चलिआएको परम्परा हो । तर आधुनिक ज्योतिषी अर्थात् फेस रिडिङको मोह भने पछिल्लो बढदै गएको छ । अनुहारको प्रत्येक भागहरुलाई मुल्याङ्गकन गरेर बताइने भविष्यबाणीलाई फेस रिडिङ भविष्यवाणी भनिन्छ ।

आश्चर्य कुरा त के छ भने रोजगार तथा अध्ययनका सिलसिलामा देश र बिदेशमा रहेका नेपालीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो अनुहार देखाएर भुत बर्तमान तथा भविष्यको बारेमा ज्योतिषी क्षेत्रीबाट परामर्श लिने गरेका छन् । सबै नेपालीहरुले आफुलाई प्रत्यक्ष भेटेर आफ्नो भविष्यबारे बुझ्न असम्भव रहेकोले आफुले निशुल्क सामाजिक सञ्जाल मार्फत ज्योतिषी सम्बन्धी परामर्श दिएको उनले बताएका हुन् । साथै उनले गरेको भविष्यबाणी सत प्रतिशत सही हुने गरेको समेत सर्वसधारणहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार