निजी विद्यालयमा चरम यातना, विद्यार्थी बेहोस हुने गरी उठबस गराइन्छ !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएनन । मंगलबार आए तर, असहज मान्दै ।

कारण खोतल्दा थाहा भयो — गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन् ।

१५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर भलामा दौडदै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए ।

झन्डै आधा घण्टापछि उनको झन्डै उनको होस फिर्यो । हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो ।

विद्यालयले घटना गुपचुप राख्न खोज्यो । अभिभावकलाई जानकारी नै गराएन ।

होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् । बाबु कुटनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाए ।

कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार