‘२.०’ ले कमायो १ सय करोड !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बलिउडका दिग्गज अभिनेताद्वय अक्षय कुमार र रजनीकान्तले अभिनय गरेको फिल्म ‘२.०’ ले हिन्दी भर्जनबाट १ सय करोड कमाएको छ ।

यो फिल्मबाट अक्षयको सय करोड क्लबमा समाबेश भएको फिल्ममध्ये सबैभन्दा छिटो सय करोड कलेक्शन भएको फिल्म हो । फिल्म बिहारमा अत्यधिक सफल रह्यो ।

फिल्मले बिहिबार २०.२५ करोड, शुक्रबार १८ करोड, शनिबार २५ करोड, आइतबार ३४ करोड र सोमबार १३.७५ करोड कलेक्शन गरेको थियो । भने पाँच दिनको कूल कलेक्शन १११ करोड भएको छ ।

त्यसैगरी फिल्मले विश्वव्यापी रुपमा लगभग ४५० करोड पुगेको छ । दक्षिण भारतमा फिल्मको व्यापार सफल भइरहेको छ । शंकरको निर्देशनमा बनेको यो फिल्म ‘रोबोट’ को दोस्रो भाग हो ।

टु–डीमा भन्दा थ्री–डीमा फिल्म हेर्नेको संख्या धेरै छ । त्यसैले थ्री–डी फिल्महरु अधिकांश हाउसफुल भइरहेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार