प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टरहरु एकैपटक भन्सार नाकामा सञ्चालन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल– भारत सीमा क्षेत्रमा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिराहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले एकैपटक एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको हो ।

भन्सार विभागका महानिर्देशक तोयम रायाले एक समारोहका बीच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर शुभारम्भ गरेका छन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा त्यस क्षेत्रका सरोकारवाला व्यक्तिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेनसन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुबाट शुभारम्भ भएको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा पनि वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार