डियागो म्यारोडोना, लियोनेल मेस्सी भन्दा उत्कृष्ठ फुटबलर


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ब्राजीलियन लेजेन्ड पेलेले अर्जेन्टिनाका डियागो म्यारोडोना, लियोनेल मेस्सी भन्दा उत्कृष्ठ फुटबलर रहेको बताएका छन् ।

फोल्हा द साओ पाउलो पत्रिकाको लागि दिइएको अन्तर्वार्तामा पेलेले सो कुरा बताएका हुन् । पेलेले भने, मेरे लागि म्याराडोना सधै उत्कृष्ठ खेलाडी मध्ये एक हुन् ।

मेसो नाम विश्वका टप -३ फुटबलरमा समावेश रहेको छ । बार्सीलोनाको तर्फबाट खेल्ने मेस्सी संसारका बेस्ट फुटबलरको लागि ५ पटक बेलन डिुओर अवर्ड जितिसकेका छन् । तर विश्वकपमा भने मेस्सीको प्रदर्शन त्यती राम्रो देखिएन ।

पेले र म्याराडोना लामो समय फुटबलमा साथ देखिएनन् । पेलेका अनुसार म्यारोडोनासँग उनको राम्रो सम्बन्ध रहेको छ ।

पेलेलाई सदावाहार उत्कृष्ठ फुटबलर मानिन्छ । पेले एक मात्र यस्ता खेलाडी हुन् जसको नेतृत्वमा तीन पटक देशलाई विश्वकप दिलाए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार