मन्त्री निवासलाई राजकीय अतिथि भवनमा रुपान्तरण गर्ने सरकारको निर्णय


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवनलाई राजकीय अतिथि भवन बनाउने निर्णय सरकारले गरेको छ । यसका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालय छेउमा रहेको सरकारी जग्गा समेत उपयोग गर्न सकिने सूचना संचार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषदले गत मंसिर १७ गते गरेका १० निर्णय आज सार्वजनिक भएको छ । सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि भैसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास बनाउने भएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माणको निर्णय गरेको हो । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय बनाइने सरकारको निर्णय भएको मन्त्री बाँस्कोटाले बताएका छन् ।

मन्त्रिपरिषद बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

हेर्नुस् मन्त्रीपरिषद्का निर्णयहरु जस्ताको त्येस्तै :

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार