बाबुराम भन्छन्- “सिंहदरबारको भ्रष्टाचार रोग गाउँमा सर्यो”


Share This

नेपालबहस संवाददाता    

खोटाङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिंहदरबारको भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिएका छन ।

हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई सम्बोधन गर्दै उनले सिंहदरबारको अधिकार पु¥याउनुपर्नेमा भ्रष्टाचार प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आएको बताएका हुन ।

जनप्रतिनिधिको कमजोरीका कारण सङ्घीयता विरोधीलाई सङ्घीयता मास्ने बहाना मिल्यो भने गम्भीर त्रुटि हुने डा भट्टराइको भनाइ थियो ।

बुधबार खोटाङ आउनुभएका डा भट्टराईले सङ्घीयतालाई स्वीकार गर्न नमान्ने पङ्क्तिका कारण निर्वाचनअघि कानून निर्माण हुन नसकेको र स्पष्ट कानून अभावमा हाल स्थानीय तह सञ्चालनमा कानूनी जटिलता आइपरेको बताए ।

विशेष नगरसभालाई सम्बोधन पछि डा भट्टराईले किरात समुदायको उद्गम थलोकारुपमा रहेको तुवाचुङ जायजुमको अवलोकन गरेका थिए।

हलेसीको सम्भाव्यताबारे अध्ययन, तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउण्डेसन अवलोकन, कार्यकर्ता भेटघाटलगायतका कार्यक्रम लिएर डा भट्टराई पाँच दिनका लागि खोटाङ आएका थिए ।

डा भट्टराईसँग नगरपालिकाले हलेसीको गुरुयोजना र मन्दिरभित्रको संरचनाका विषयमा छलफल गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार