पुर्वआर्इजीपी बोहोरालाई सर्वोच्चबाट सफाइ !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ । न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेश गरेको हो । आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख छ ।

विशेष अदालतले अवैध सम्पत्ति कमाएको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी रु ५३ लाख ६२ हजार बराबर असुल फैसला सुनाएको थियो । विसं २०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियोे ।

प्रहरी प्रमुख भएका बेला खरीद गरेको घरजग्गा तथा विभिन्न बैंकमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो । बोहरा विसं २०४९ देखि विसं २०५३ सम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा २०७० जेठ १९ गते पुनरावेदन गरिएको थियो । सोही मुद्दाको सुनुवाइपछि सर्वोच्च अदालतले सफाइ दिएको हो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार