स्वास्थ बीमा बोर्डमा पोखरेल नियुक्त


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । लामो समयदेखि रिक्त स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलार्इ सो पदमा नियुक्त गरेको छ । पोखरेल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनी खुला प्रतिष्पर्धाबाट छनौट भई अन्तिम ३ मा परेका थिए ।

लोक सेवा आयोगले गत कार्तिक ६ र ७ गते सो पदका लागि अन्तर्वार्ता लिएको थियो । आयोगले डा.दामोदर बसौला, श्रीमान् कार्की र रमेशराज पोखरेलकोे नाम सिफारिश गरेको थियो । आयोगले अन्तर्वार्ताको आधारमा डा.बसौललाई पहिलो नम्बरमा छनौट गरे पनि सरकारले उनलाई बाईपास गरी तेस्रो नम्बरमा परेका पोखरेललाई नियुक्त गरेको हो ।

नवनियुक्त निर्देशक पोखरेलको नाम स्वास्थ्य क्षेत्रमा अपरिचित नाम भए पनि उनी बैंकिङ क्षेत्रमा भने निकै परिचित व्यक्ति हुन् । उनीसँग बैंक तथा वित्तिय क्षेत्रमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव छ। राष्ट्र बैंकमा रहँदा उनले अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारी निर्देशकको सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरेका थिए।

स्वास्थ बीमा बोर्डको कार्यकारी बन्न ३ जना लाइनमा

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार