सुन प्रकरणका आरोपी बेनु श्रेष्ठ विराटनगरमा

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन 'इन्टरपोल'को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै आज बेलुका विराटनगर ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बेनुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ दुबईमा बसेर चुडामणि उप्रेती 'गोरे' सहितको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए । थप पढ्नुहोस्

तीन भरुवा बन्दुकसहित पाँच पक्राउ

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीले आज बिहान तीन भरुवा बन्दूकसहित पाँच जनालाई पक्राउ गरेको छ । निकुञ्ज कार्यालयका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका –३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र अनिल चौधरी छन् । अभियुक्तबाट तीन भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुद बरामद गरिएको निकुञ्जका निमित्त कार्यालय प्रमुख गोपालबहादुर घिमिरेले बताए । थप पढ्नुहोस्

चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'ले चितुवाको छालासहित आज तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौंका एक जना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । एक जनाको नाम भने विशेष कारणले सार्वजनिक नगरिएको बताइएको छ । उनीहरुबाट चितुवाको आखेटोपहारसहित एक थान छाला बरामद गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आजै कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ । थप पढ्नुहोस्

दशैंमा त्रुटि नआउने गरी काम गर्न निर्देशन : आईजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नहुने गरी काम गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालय, मन्त्रिस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्दै सोमबार उनले नेतृत्व, निर्णय क्षमता, साङ्गठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । दशैँ, तिहारजस्ता पर्वमा अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नआउने गरी काम गर्न निर्देशन दिएका छन् । थप पढ्नुहोस्

छुट्टा छुट्टै दुर्घटनामा दुईको मृत्यु, आठ जना घाइते

चितवन । जिल्लामा भएका छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कँर खाँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ना १५ प २०८२ को मोटरसाईकल चालक भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ३५ वर्षीय सन्तबहादुर ताम्राकार रहेका छन् । सोही मोटरसाइकलसँग ठक्कँर खाएको ना ५० प ७५२९ नं को चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा ताम्राकारको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । थप पढ्नुहोस्

एक लाख नगदसहित १० जुवाडे पक्राउ

साँखु । महानगरीय वृत्त बौद्धले आइतबार मध्यराति रु एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । थप पढ्नुहोस्

विभिन्न शिर्षकमा १ हजार २ सय ९८ ट्राफिक कारवाही

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न शिर्षकमा ट्राफिक कारवाही बढेको छ । उपत्यकामा असोज २८ गते आइतबार मात्र ठूलो संख्यामा ट्राफिक कारवाही बढेको छ । ट्राफिक महाशाखाले दिएको जानकारी अनुसार हिजो १ हजार २ सय ९८ ट्राफिक कारवाही गरिएको छ । थप पढ्नुहोस्

सिरहामा छतबाट लडेर मजदूरको मृत्यु

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लडे् गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । जुनियर रेडक्रस गठन सिरहाको मिर्चैयास्थित सगरमाथा माविमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । थप पढ्नुहोस्

बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

धनुषा । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन् । जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका लागि सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिएका हुन् । थप पढ्नुहोस्

गुल्मीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ मा गएराति लु१ज २१८१ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ। स्थानीय प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चन्द्रकोट–२ बिसुखर्कका ४९ बर्षीय भरत बहादुर गुरुङ र ३६ बर्षीय लाल बहादुर गिरी रहेका छन्। बागलुङको कालापोखरामा सामान छोडेर फर्कदै गरेको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट तीन सय मिटर तल खोलामा खसेको हो। दुर्घटना राति भएपनि आज विहान मात्रै थाहा भएको प्रहरीले जानकारी दिएको छ । जिपमा कति सवार थिए भन्ने थाहा नभएको र प्रहरी घटना स्थल पुगेर उद्दार छ । थप पढ्नुहोस्
1 2 3 154