लागूऔषध सहित विभिन्न ठाउँबाट ७ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    65 Views

काठमाडौं । लागूऔषध सहित प्रहरीले विभिन्न जिल्ला बाट ७ जनालाई पक्राउ गरेको छ ।  सर्लाहीको हरिवन नगरपालिका-६ बस्ने ३४ वर्षीय श्रवण महतोलाई आफ्नै गोठ घरमा लुकाई राखेको लागूऔषध नाईट्रोभेट ७ पत्तामा रहेको १ सय ५ ट्याव्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।

यस्तै बाराको करैयामाई गाउँपालिका-८ औनियास्थित भित्रि बाटो जादै गरेको ना ४७ प ४३४६ नम्बरको मोटरसाइकल चालक कोहल्बी नगरपालिका-६ बस्ने २५ वर्षीय श्याम चौधरीलाई लागूऔषध गाँजा २५ के.जी.सहित प्रहरीले पक्राउ गरेको छ ।

सोही बाटो जाँदै गरेको ना.८ प ३२११ नम्वरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त मोटरसाइकलका फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

यता, कास्कीको पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजार बस्ने १७ वर्षीय संदिप बि.क.सहित ५ जनालाई लागूऔषध गाँजा १ के.जी.सहित पृथ्वीचोकस्थित पंञ्चमृत होटलबाट प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया