श्रीमानको चक्कु प्रहारबाट श्रीमतिको मृत्यु !


Share This


नेपालबहस संवाददाता    

बाँके । सामान्य घरयासी विवाद हुदा बांकेको कोहलपुरमा श्रीमानको चक्कु प्रहार बाट श्रीमतिको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ५ पृथ्वीनगर बस्ने ४० वर्षीया दुर्गा गन्दर्बको श्रीमानको चक्कु प्रहारबाट मृत्यु भएको कोहलपुर प्रहरीले जानकारी दिएको छ।

बुधबार उनकै ४५ वर्षीय श्रीमान बब्लु भन्ने एकराज गन्दर्बले चक्कु प्रहार गरी हत्या गरी श्रीमान फरार भएको बताइएको छ । फरार एकराजको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया