छाउगोठमा १५ वर्षीया किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    98 Views

सुर्खेत । महिनाबारी भएर छाउगोठमा बसेकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्रा परेका छन् ।

सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरी शोभा रावल ‘नाम परिवर्तन’ महिनावारी भएर छाउगोठमा सुतीरहेको अवस्थामा सोमबार मध्य रातमा चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

पदम १४, चेतन १५ र जनक १८ वर्षका हुन् । बलात्कृत किशोरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र उनको स्वास्थ्य सामान्य हुँदै गएको बताइएको छ ।

प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एउटीलाई मध्यराति छाउगोठबाट बाहिर बोलाएर शोभामाथि पालैपालो बलात्कार भएको प्रहरीले जनाएको छ ।

ग्उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार बलात्कारमा संलग्न तीनै जनालाई किशोरलाई मंगलबार पक्राउ गरिएको हो । घरदेखि टाढाको ठाउँ भएकाले आफन्तले भने भोलिपल्ट बिहानमात्रै घटनाबारे थाहा पाएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया