बालिकाको हत्या गरी भाग्दै गर्दा गाउलेको कुटाइ बाट २ जना घाइते


Share This


नेपालबहस संवाददाता    80 Views

काभ्रे ।  बालिकाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले कुटपिट काभ्रेमा एक जना घाइते भएको प्रहरीले बताएको छ ।

तिमाल गाउँपालिका–१ आधा बाटोस्थित मजदुरी गरी बस्ने बारा गतहला गाउँपालिका–४ घर भएका २३ वर्षीय जोखन मन्सुरीले हत्या गरी भाग्दै स्थानीयको कुटाइबाट घाइते भएका छन् ।

तिमाल गाउँपालिका–१ आधा बाटो बस्ने २१ वर्षीया महिला र मन्सुरीबीच बुधबार कुखुराको खोरमा अनैतिक सम्बन्ध कायम गर्न लागेको अवस्थामा सोही ठाउँ बस्ने १० वर्षीया एलिसा तामाङले देखेपछि होहल्ला हुने डरले मन्सुरीले एलिशालाई घरबाट लिई करीव ५० मिटर टाढा चौतारामा लगेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

एलिशाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय वासिन्दाले मन्सुरी र ती महिलालाई कुटपिट गर्दा दुवैजना घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया