गैंडाको खाग जस्तो देखिने बस्तु सहित २ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    80 Views

काठमाडौं । गैंडाको खाग जस्तो देखिने बस्तु सहित काठमार्डौ प्रहरीले नयांबजारमा मोटरसाइकलमा हिड्दै गर्दा पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजारमा उनीहरु सवार बा।७७ प ७५४० नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त बस्तु बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका पाँगा बस्ने दार्चुला अपी हिमाल गाउँपालिका–३ का ३४ वर्षीय प्रकाशसिंह धामी र काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने बाजुरा काजिक तामपाखा–६ फयालटारका १९ वर्षीय गगन बुढा रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया