लागु औषध सहित एकजना पक्राउ


Share This


नेपालबहस संवाददाता    

पर्सा । ईनर्वागाउ चोक सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा दक्षिण भारत रक्सौल तर्फवाट उत्तर बीरगंज आई रहेका जिल्ला झापाका एक जना लागु औषध सहित पक्राउ परेका छन् ।

सुरुङगा गा.बि.स.वडा नं.८ हाल शर्णमती गा.पा.वडा नं.७ बस्ने कुल प्रसाद उप्रेतीको छोरा बर्ष २३ को धर्मनन्द उप्रेतीलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट लागु औषध ईन्जेक्सन डाईजील्याब २० पिस, नुर्फिन २० पिस, फेनारगन २० पिस सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याएकोमा लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको ।

यस्तै भंसार छली गरी भित्र्याइएका सामाहरु बरामद गरिएको छ । असार २१ गते बिहीबार भंसार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट खरिद गरी नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसारपसार गर्ने क्रममा प्रहरीले सामान बरामत गरेको छ ।

प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा जि।पर्सा वी.म.न.पा.वडा नं।३ स्थितबाट ६२ पिस लेडिज सुट, ५७ पिस कुर्ता सुरुवाल, ५ थान साडी, ४ थान थानको कपडा समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी बीरगंज भंसार कार्यालय पठाउने कार्य भैरहेको ।

तपाईको प्रतिक्रिया