९० वर्षीया वृद्धालाई बलात्कार : युवक ११ वर्षको लागि प्रहरी खोरमा


Share This


नेपालबहस संवाददाता    126 Views

पर्वत । ९० वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा पर्वतको मोदी गाउँपालिका –१, भुकताङलेका २० वर्षीय युवकलाई पर्वत जिल्ला अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ ।

भुकताङले घर भै हाल मोदी गाउँपालिका –३, देउराली बस्दै आएका शंकर परियारलाई पर्वत जिल्ला अदालतले आइतबार ११ वर्ष कैद सजायको फैसलाका साथै ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले आरोपितलाई ११ वर्ष कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताउनुभयो । वाक अपाङ्गतासमेत रहेकी पीडित वृद्धालाई आरोपितले गएको वैशाख ५ गते रक्सी खाएर उनकै घरमा बलात्कार गरेको अभियोग लागेको थियो ।

पर्वत जिल्ला अदालतले जेठ १ गते परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि असार २४ गते आइतबारका दिन ११ वर्ष कैद सजाय र ३० हजार क्षतिपूर्तिबापत जरिवाना भराउने फैसला गरेको हो ।

तपाईको प्रतिक्रिया