चैत भिरमा जीप दुर्घटना हुदाँ १ को मृत्यु, ८ जना घाइते


Share This


नेपालबहस संवाददाता    

पाँचथर । पुष्पलाल ‘मध्यपहाडी’ लोकमार्ग अन्तर्गत पाँचथरको उत्तरी याङवरक गाँउपालिका–३ ओयामको चैत भिरमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

सोमबार विहान च्याङथापुदेखि विर्तामोड तर्फ जाँदैगरको मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा याङवरक–१ का कैलाश अधिकारीको घटना स्थलमै मृत्यु भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि बामदेव गौतमले बताए ।

घाइतेहरुको नाम खुल्न सकेको छैन। केहि घाइतेहरुको अवस्था गम्भिर रहेको बताइएको छ। घाइतेहरुलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइदै छ।

लोकमार्गको कच्चि सडकमा गाडी भिरबाट झरेको बताइएको छ। जीप चालक घिमाल कान्छा समेत घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ।

तपाईको प्रतिक्रिया