विषालु सर्पको टोकाइबाट एकको मृत्यु


Share This


नेपालबहस संवाददाता    

सिरहा । गोलबजार नगरपालिका बडा नं। ८ भाईजिटोल चोहर्वामा विषालु सर्पको टोकाइले एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा सुत्न गएको बेला सर्पले टोक्दा ५५ वर्षिय लालदेब उराउको मृत्यु भएको हो ।

सर्पले टोकेर बिरामी भएका उराउलाई उपचारका लागि चोहर्वा व्यारेकको सर्पदंशमा उपचार सम्भव नहुदा थप उपचारका लागि धरान ९ घोपा अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। विगत केही दिनदेखि बढेको गर्मीसँगै सर्पदंशका घटनामा वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया