पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    39 Views

भक्तपुर । लगातार परेको अबिरल बर्षाका कारण पहिरोमा पुरिएर चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठका अनुसार घरपछाडिबाट पहिरो खस्दा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको छ। घटनाको थप विवरण आउन बाँकी भएको उनले बताए।

तपाईको प्रतिक्रिया