पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु


Share This


नेपालबहस संवाददाता    55 Views

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिना रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले बताए ।

खेल्ने क्रममा खाल्टोको पानीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया