लागूऔषध नाइट्रोसन ५ सय थान सहित २ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    107 Views

मोरङ । नियन्त्रित लागूऔषध नाइट्रोसन ५ सय थान सहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय धनकुमार राई र २२ वर्षीय रोशन श्रेष्ठलाई लागूऔषध नाइट्रोसन ५ सय थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ को.१प ५६५८ नम्बरको मोटरसाइकलमा आँउदै गरेका उनीहरुलाई बिराटनगर महानगरपालिका–१५ स्थित ३ नम्बर ढाँट छेउमा प्रहरीले चेक गर्दा शरीरमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस बिषयमा प्रहरी थप अनुसन्धान गरिरहेको प्रहरी जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार