नगद २ लाख सहित ५ जना जुवाडे पक्राउ


Share This


नेपालबहस संवाददाता    132 Views

झापा । कुनै एक घरमा लुकीछिपी तास खेलिरहेको गोप्य सुचनाका आधारमा झापा प्रहरीले नगद २ लाख सहित ५ जनालाई पक्राउ गरेको छ ।

विर्तामोड नगरपालिका–५ जात्रुबारी बस्ने चन्द्रबहादुर कार्कीको घरमा जुवातास खेलिरहेका कार्की सहित ५ जनालाई नगद २ लाख २१ हजार ४ सय ३५ रुपैयाँ र ११ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया