ओडीसीका सञ्चालक ठगी आरोपमा पक्राउ


Share This


नेपालबहस संवाददाता    88 Views

काठमाडौं । ओडीसी ईन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाखाले पक्राउ गरेको छ ।

भारतीय नायक सलमान खानको उपस्थितिमा कन्सर्ट गर्ने भन्दै टिकट बिक्री गरेर कार्यक्रम नगरेको आरोप उनलाई लागेको छ ।महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार सिमान्तले ठगेको भन्दै दुई जनाले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको हो। सिमान्तले कति टिकट बेचेका थिए र त्यसबाट कति रुपैयाँ ठगी भएको थियो भन्ने खुलेको छैन।

तीन वर्षअघि पनि ओडीसी ईन्टरटेनमेन्टले डिप पर्पल नामक कन्सर्ट गर्ने भन्दै टिकट बेचेर कार्यक्रम नगरेको अपराध महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया