fbpx

नख्खिपोटबाट पेस्तोलसहित ३ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरीले अटोमेटिक पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले अटोमेटिक पेस्तोलसहित उनीहरुलाई ललितपुरको नख्खिपोटबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।

रामेछापका कृष्णबहादुर जोगी, आशुराम मोक्तान र ताप्लेजुङका हेमलाल चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर टेकुका एसएसपी विश्वराज पोखरेलले बताए।

पोखरेलले भने, राजधानीमा हतियारको सप्लाई गर्ने सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ।

परिसर काठमाडौँमा प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा भएको टोलीले उनीहरूको साथबाट २ वटा म्यागेजिन र पाँच थान गोली समेत बरामद गरेको हो।

तपाईको प्रतिक्रिया