fbpx

छुट्टाछुट्टै दुर्घटनमा दुईको मृत्यु


Share This

नेपालबहस संवाददाता    

उदयपुर । उयपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी बजारबाट ओखलढुंगा गइरहेको ना४ख ८०७९ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् ।

सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडकमा पर्ने कटारी नगरपालिका–१४ भदौरेमा बिहान ८ बजे भएको दुर्घटनामा कटारी सिरिसेका २८ वर्षीय चालक मोहनबहादुर तामङको घटनास्थमै मृत्यु भएको हो ।

अस्थायी ट्राफिक पोष्ट घुर्मीका सहायक निरीक्षक कुमार फुयालकाअनुसार सिन्धुली दुधौली नगरपालिका कत्लेखोल घर भएका सहचालक पुर्ण सुनुवार घाइते छन् । ट्रक सडकबाट एकसय ५० मिटर तल खसेको छ ।

यसैगरि त्रियुगानगरपालिका–६ सगरमाथा लोकमार्गमा आइतबार राति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतको फारबिसगन्जबाट जन्तीलिएर आएको बीआर ११ जे ४४२८ नम्बरको बस दुर्घटना हुँदा त्यसमा सवार भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको एसपी नवराज भट्टले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारकोक्रममा जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो । दुर्घटना पछि फरार रहेका बस चालकको खोजी भइरहेको एसपी भट्टले बताए । बस जन्ती बोकेर भारतको फारबिसगन्जबाट उदयपुरको जलजले आएको थियो । दुर्घटनामा अन्य सामान्य घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया