fbpx

सामुहिक बलात्कारमा संलग्न चार युवक रंगेहात पक्राउ


Share This

नेपालबहस संवाददाता    

उदयपुर । उदयपुरको त्रियुगानगरपालिका–६ सगरमाथा लोकर्मागको चुरे क्षेत्रमा एक युवतीलाई सामुहिक बलात्कार गर्ने ४ युवकलाई सोमबार बिहान रंगेहात पक्राउ गरिएको छ ।

भारतीय युवतीलाई फकाएर चुरे क्षेत्रमा ल्याई गाडी भित्रै बलात्कार गर्ने ४ युवकलाई रंगेहात पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

पक्राउ परेकामध्ये एक लहानको प्रतिष्ठित व्यापारी समेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरी उपरीक्षक भट्टले बताए ।

तपाईको प्रतिक्रिया