fbpx

पानीमा डुबेर ४ जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको प्रहरी जानकारी दिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बस्ने ११ वर्षीय ईसान भुषालको आइतबार बेलुका डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

यसैगरी रुपन्देही रोहणी गाउँपालिका–५ ईमिलीहवा बस्ने रामदश यादवको ३ वर्षीय छोरा अविशेक यादव घर नजिकै बनाउँदै गरेको कच्ची बाटोमा पानी जमेको खाल्डोमा आइतबार डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

उता बाराको बिश्रामपुर गाउँपालिका–३ कान्तिपुर बैरिनिया बस्ने श्यामबाबु साहको साढे २ वर्षीय छोरा मुसुबाबु साह घर छेउको बङ्गेरी खोलामा आइतबार खसेर बेहोस भएकोले उपचारको लागि वीरगंज एडभान्स अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

र यता नुवाकोटको किस्पाङ गाउँपालिका–५ बस्ने ८ वर्षीय मुना तामाङ आइतबार त्रिशुली खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । प्रहरीले उनको खोजतलास गरिरहेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया