fbpx

बालगोपालको १ सय बर्ष पुरानो मुर्ति सहित २ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । १ सय बर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मुर्ति सहित काठमाडौं प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सो मुर्ति गोप्य सुचनाका आधारमा बेचबिखन हुदै छ भन्ने जानकारी पाउनासाथ महानगरिय अपराध महाशाखाको टोलीले काठमाडौ ३२ स्थित पेरिसडाडामा रहेको कोठाबाट २ जानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाको छहरा गाउपालिका घर भएका २७ बर्षका दोखल बहादुर सोमइ रहेको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट प्रहरीले ढलौटको ८ केजी १ सय ७० ग्राम तौल को ३४ सेमि लम्बाइ मुति सहित पक्राउ गरेको हो ।

प्रहरीले खोजतलासी गर्दा काभ्रे तेमाल गाउपालिका ५ बस्ने ३७ बर्षका दिपक मैनालीले बेचविखन गर्न दिएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

पक्राउ गरिएको मुर्ति परिक्षण गर्दा पुरातात्विक महत्वको रहेकाले पक्राउ परेका दुवै जना माथि प्राचिन स्मारक संरक्षण ऐन बमोजिम कार्बाही गरिने महानगरीय प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया