fbpx

लागुऔषध सहित २ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाण्डौं ।  महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित छुट्टाछुटै घटनामा २ जनालाई पक्राउ गरेको छ । बिरगंजबाट काठमाण्डौ आउँदै गरेको यात्रूबाहक बसलाई नागढुंगामा चेकजाँज गर्ने क्रममा बारा, कलैया – ७ का अजित सिंहलाई फेनारागन ५० एम्पुल, नुफिन ५० एम्पुल , डाईजोपाम ५० एम्पुल सहित पक्राउ गरेको छ ।

यसैगरी, गौरबाट काठमाण्डौ आउँदै गरेको यात्रुबाहक बसबाट रौतहट, राजपुरका शमशेर आलमलाइ फेनरागन ४३ एम्पुल, डाईजोपाम, ४३ एम्पुल, नुफिन ४३ एम्पुल र मेट्रोजेपाम ३०० ट्याब्लेट सहित पक्राउ गरेको छ । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया