fbpx

दशैंलगत्तै सशस्त्र प्रहरीका ३४ अधिकृतले एकैपटक अवकाश पाउने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं। नयाँ संरचनामा गएको सशस्त्र प्रहरी बलमा आगामी कार्तिक महिनामा धेरै प्रहरी सिनियर अधिकृतहरू एकैपटक अवकाशमा पर्ने भएसँगै धेरै पद रिक्त हुने भएका छन् । ३० वर्षे सेवा अवधिका कारण क्षमतावान धेरै अधिकृतहरू अवकाशमा पर्न लागेका हुन् ।

समाचार अनुसार एसएसपी र एसपी दर्जामा गरी ३४ जना अधिकृतहरूको डफफा अवकाशमा पर्न लागेको हो । दुई जना एसएसपीहरू अवकाशमा पर्ने छन् भने बाँकी ३२ जना एसपी दर्जाका रहेका छन् । कार्तिक महिनामा अवकाश हुने एसएसपीहरूमा– महेश श्रेष्ठ र विजयकुमार पण्डित रहेका छन् । उनीहरू २०४५ कार्तिक १५ गते सेवामा प्रवेश गरेका थिए ।

त्यस्तै अवकाश हुने एसपीहरूमा– दिलीपकुमार शर्मा, गुणाखर खनाल, मोहनविक्रम केसी, रविन्द्र ठाकुर, उत्तमराज बस्नेत, तारादत्त पन्त, मदनसिंह विष्ट, भरतप्रसाद पनेरु, शैलेन्द्रकुमार भण्डारी, जनकबहादुर बोहरा, कृष्णकुमार थापा क्षेत्री, गणेशबहादुर थापा, वीरबहादुर श्रेष्ठ, शम्भुप्रसाद उप्रेती, महेन्द्रविक्रम थापा, गोपालकुमार गुरुङ, मधुकृष्ण गड्तौला, चन्द्रप्रसाद भट्ट, भुवनेश्वर प्रसाद, रविन्द्र मल्ल, नवराज अर्याल, हृदयनारायण मण्डल, राघवसिंह थापा, वीरेन्द्रराज श्रेष्ठ, श्यामकाजी कुँवर, ऋषिदेव कार्की, राजेश तण्डुकार, गणेशबहादुर संग्रौला, रमाधर यादव, टंकबहादुर खड्का र धर्मानन्द सापकोटा रहेका छन् ।

प्रायः सबै अधिकृतहरू नेपाल प्रहरीमा असई दर्जामा प्रवेश गरी सशस्त्र प्रहरीको गठनसँगै सेवा परिवर्तन गरी गएका अधिकृतहरू हुन् । यो समूहले कम्तीमा पनि ४ देखि ७ पटकसम्म गण तथा सिसुकाहरूको कमाण्ड गरेको देखिन्छ । यति ठूलो संख्यामा एसएसपी र एसपीको अवकाशसँगै सशस्त्र प्रहरीमा धेरै समयदेखि रोकिइरहेको तल्लो तहको बढुवा अब भने खुल्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार