fbpx

टाउन प्लानिङबाट एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ टाउन प्लानिङबाट प्रहरीले एउटा सोह्रबोरको एकनाले बन्दुक र ७ राउण्ड गोलीसहित एक जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी मंगला गाउँपालिका-१ घर भएका ६० वर्षीय रामबहादुर पाइजा छन् । पक्राउ परेका पाइजाले धादिङ छत्रेदेउराली-९ घर भएकी ३५ वर्षीया महिलासँग झै-झगडा हुँदा आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिएको महानगरीय प्रहरी प्रभाग, गोंगबुले जनाएको छ ।

त्यसपछि प्रहरी टोलीले उनको कोठामा रहेको हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया