fbpx

प्रहरीको पोशाक लगाएर फोटो खिच्ने पक्राउ


Share This

नेपालबहस संवाददाता    

भक्तपुर । प्रहरीको पोशाक लगाएर फोटो खिच्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । चांगुनारायण नगरपालिका-२ बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-६ का १८ वर्षीय समिर महतलाई प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

चांगुनारायण नगरपालिका(२ दुवाकोट चारदोबाटोमा प्रहरी निरीक्षकको दर्ज्यानी चिन्ह सहितको चुस्ता लगाई फोटो खिचिरहेको अवस्थामा २ जोर चुस्ता सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया